Skip to Main Navigation
 आयोजन

विश्व बैंक समूहः महिलाका कलासँग सहकार्य

31 दिसंबर, 2019-10 फ़रवरी, 2020

Nepal

Image

विश्व बैंकको नेपाल कार्यालयमा पृथक खाले भित्ते चित्र (mural), भित्ते कला (wall art) वा भित्ते प्रतिष्ठापन (wall installation) बनाउनुपर्ने भएकाले सोहीका लागि एकल वा सामूहिक महिला कलाकारहरूलाई कलात्मक प्रस्तावहरू पेश गर्नको लागि आह्वान गरिन्छ । यस प्रतियोगिताको अभिप्राय स्थानीय महिलाहरूको सिर्जनशीलतालाई बढावा दिनु र आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्नु हो । 

विश्व बैंक


प्रस्तावको लागि आह्वान 

सूचना: आवेदन दिने  म्याद माघ २७ सम्मलाई सरेको छ । 

विश्व बैंकको नेपाल कार्यालयमा पृथक खाले भित्ते चित्र (mural), भित्ते कला (wall art) वा भित्ते प्रतिस्थापन (wall installation) बनाउनुपर्ने भएकाले सोहीका लागि एकल वा सामूहिक महिला कलाकारहरूलाई कलात्मक प्रस्तावहरू पेश गर्नको लागि आह्वान गरिन्छ । यस प्रतियोगिताको अभिप्राय स्थानीय महिलाहरूको सिर्जनशीलतालाई बढावा दिनु र आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्नु हो । यसले कला समुदाय र विकास समुदायबीचको सम्बन्धलाई बढावा दिनुका साथै विकासका विभिन्न विषयहरूको सिर्जनात्मक प्रवर्धनलाई पनि प्रोत्साहन गर्नेछ । अन्त्यमा, विश्व बैंकको नेपाल कार्यालयमा यी कृतिहरूको प्रदर्शनले यसमा संलग्न कलाकारहरूको कृति यस कार्यालयका आगन्तुकहरूसम्म पुर्याउने माध्यम पनि बन्नेछ ।

तलको जानकारी पढेर त्यसैअनुरुप infonepal@worldbank.org मा प्रस्ताव पठाउनुहोला ।

  • विषय

    महिलाको कला अभियानमा पेश हुने प्रस्तावहरू लैङ्गिकता, समानता तथा सामाजिक समावेशिताको कुनै पक्षमा केन्द्रित हुनुपर्छ, जस्तैः राजनीति वा जनशक्तिमा सहभागितामार्फत्  महिलाको सशक्तिकरण वा महिलाहरूले विभेद वा लैङ्गिक हिंसाका मुद्दाहरूलाई सामना गरिराखेको । प्रस्तावहरूले गर्न लागिएको काम र छनौट गरिएको विषयबीचको सम्बन्धलाई राम्रोसँग वर्णन गरेको हुनुपर्छ ।

     

    प्रस्तावका आवश्यकताहरू

    प्रत्येक सहभागीले एउटा मात्र प्रस्ताव पेश गर्नुपर्नेछ जसमा निम्न कुराहरू समावेश हुनुपर्नेछ :

    • प्रस्ताव पेश गर्ने कलाकार वा समूहको छोटो विवरण वा जीवनी ।
    • प्रमुख सम्पर्क व्यक्तिको नाम, फोन र इमेल ठेगाना सहितको सम्पर्क विवरण ।
    • तल दिइएको आकारको भित्तामा उक्त भित्ते चित्र/कला कस्तो देखिन्छ भनेर सर्वोत्तम चित्रण गर्ने गरी चित्रको रूपरेखा/डिजाइन ।
    • अवधारणाको व्याख्या – उक्त कलाकृतिको विषयसँगको सम्बन्ध व्याख्या गर्ने पाठ । 
    • आवश्यक सामग्रीहरूको विवरण – मात्रा, स्रोत आदि ।  

     

    स्थलको विवरण र स्वामित्व अधिकार

    विजयी डिजाइनहरू भित्तामा उतारिनेछन् । भित्ताका आकारहरू ८ फिट X १४ फिट देखि १० फिट X २१ फिटसम्म छन् । उक्त कलाकृतिहरू विश्व बैंकको कार्यालयमा निरन्तर प्रदर्शन गरिनेछन् र ती विश्व बैंकको सम्पत्ति हुनेछन् । विश्व बैंकलाई कला अभियानको प्रवर्धनका लागि भित्ते चित्रका तस्वीरहरू प्रयोग गर्ने अधिकार हुनेछ । कलाकृतिको तस्वीरहरूको प्रयोगसम्बन्धी अन्य सबै अधिकारहरू कलाकारमा नै निहित हुनेछन् ।

     

    छनौट र समीक्षा

    प्रस्तावहरूको छनौट निर्णायक समितिले गर्नेछ जसले निम्न आधारमा छ जना विजेताहरू छान्नेछ:

    क) कलाकृतिको मौलिकता र कलात्मक मूल्य

    ख) स्थलको सन्दर्भमा कलाकृतिको उपयुक्तता र 

    ग) भित्तेचित्रको माध्यमबाट विकासको विषयलाई दृश्यात्मक माध्यममा परिणत गर्नसक्ने क्षमता ।

     

    पुरस्कारसम्बन्धी जानकारी

    छनौट भएका ६ वटा प्रस्तावहरूलाई  क) भित्तामा उनीहरूको विजयी डिजाइन उर्ताने अवसर (आवश्यक सबै सामग्रीहरू प्रदान गरिनेछ) र ख) १,००० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ ।

    काठमाडौंबाहिर बसोबास गर्ने विजेताहरूको लागि विश्व बैंकको नीतिअनुसार यात्रा र खानेबस्ने खर्च बेहोरिनेछ । 

    यस अभियानको विमोचन कुनै कार्यक्रमको माझमा गरिने र कलाकृतिहरू अवलोकन गर्न दर्शकहरू बोलाइने सोच राखिएको छ ।

     

    योग्यता

    यो प्रतियोगिता महिला कलाकारहरूका लागि मात्र खुला छ । अपाङ्गता भएका र जनजाति वा अल्पसंख्यक समुदायका महिलाहरूलाई आवेदन दिन विशेष जोड दिइन्छ । आफूलाई तेस्रो लिङ्गी र पारलिङ्गी महिलाका रुपमा पहिचान गर्ने व्यक्तित्वहरूलाई आवेदन दिन प्रोत्साहन गरिन्छ । 

     

    समयसीमा

    यो आवेदन समय सीमा बढाएर फरवरी १०, २०२० (माघ २७, २०७६) सम्म खुला रहनेछ । अन्तिम मितिपश्चात् पेश गरिएको आवेदन वा प्रस्तावमाथि विचार गरिने छैन । कृपया तपाईँको प्रस्ताव अट्याचमेन्टको रूपमा infonepal@worldbank.org मा पठाउनुहोला । प्रस्तावलाई विश्व बैंकको कार्यालयको रिसेप्सन, याक एण्ड यती कम्प्लेक्स, दरबारमार्ग, काठमाडौंमा पनि पेश गर्न सकिनेछ । कृपया प्रस्तावको खाममा वा इमेलको विषयमा स्पष्टसँग “विश्व बैंक महिलाको कला अभियानको लागि प्रस्ताव” भनेर लेख्नुहोला ।

    यस आह्वानको विषयमा सम्बन्धित कुनै प्रश्नहरू भएमा infonepal@worldbank.org मा इमेल पठाउनुहोला । 

    Image
    जनकपुरका कलाकारहरु सोनम कर्ण र रन्जु कर्ण विश्व बैंक नेपालको भित्तामा आफ्नो कला उतार्दै । अबको पालो तपाईंको हुनसक्छ !

प्रस्तावको लागि आह्वान

  • महिलाका कलासँग सहकार्य: विश्व बैंकको नेपाल कार्यालयमा पृथक खाले भित्ते चित्र (mural), भित्ते कला (wall art) वा भित्ते प्रतिस्थापन (wall installation) बनाउनुपर्ने भएकाले सोहीका लागि एकल वा सामूहिक महिला कलाकारहरूलाई कलात्मक प्रस्तावहरू पेश गर्नको लागि आह्वान गरिन्छ ।
  • संपर्क: विश्व बैंक समूह 
  • infonepal@worldbank.org