Skip to Main Navigation

Asian Development Bank and World Bank Group Joint Online Survey: Country Partnership Strategy for Nepal

Thank you note for the joint ADB-WBG online youth survey
 

Thank you for participating in the joint ADB-WBG online youth survey

Thank you for participating in the joint Asian Development Bank and World Bank Group online Youth Survey conducted from February 22-March 22, 2024.

We are thankful to the 1004 Nepali youth of 18-35 age group who participated in the survey. Your valuable feedback on Nepal’s development priorities will be an important input for our upcoming Country Partnership Strategies for Nepal. The Country Partnership Strategies will be made public for all once completed.

The survey result provided us a great opportunity to learn about the aspirations and concerns of Nepali youth. The findings highlighted quality education, a self-sufficient agricultural sector, and poverty reduction as the top development priorities of Nepali youth. Similarly, political instability, corruption, remittance dependent economy, lack of quality jobs, poor education standards, and brain drain stood out as the major concerns of the youth.

You emphasized entrepreneurship, education, skills development, and agriculture and food security as key areas requiring more focus to retain young talent in Nepal.

Furthermore, your concerns on climate crisis resulting in water scarcity and reduced agricultural yields were evident in the findings. You recommended sustainable practices, improved waste management, and investment in renewable energy to address these issues. In addition, the importance of social inclusion through education, local employment opportunities, and inclusive decision-making processes came out strongly in the findings.

Thank you once again for taking the time to provide us your views and opinions. Your voices offer us  valuable guidance for shaping our development strategies for lasting results in Nepal.

Thank you note for the joint ADB-WBG online youth survey

एसियाली विकास बैंक (एडीबी) र विश्व बैंक समुहको संयुक्त अनलाइन सर्वेक्षणमा सहभागिताका लागि धन्यवाद 

एशियाली विकास बैंक र विश्व बैंक समूहद्वारा २०८० फागुन १० देखि चैत ९ सम्म सञ्चालन गरिएको संयुक्त युवा सर्वेक्षणमा भाग लिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

सर्वेक्षणमा भाग लिनुहुने १८ देखि २५ वर्ष उमेर समुहका १००४ जना नेपाली युवाहरू प्रति हामी आभारी छौं ।

नेपालको विकासका प्राथमिकताहरूका बारेमा तपाईंको बहुमूल्य प्रतिक्रिया नेपालका लागि आगामी राष्ट्रिय साझेदारी रणनीतिहरू निर्माण गर्नका लागि महत्त्वपूर्ण हुनेछन्। उक्त रणनीतिहरू हाल निर्माण हुने क्रममा छन् । यी रणनैतिक दस्तावेजहरूको अन्तिम स्वरुप निर्माण भए पश्चात सार्वजनिक गरिनेछ ।

सर्वेक्षणको नतिजाले हामीलाई नेपाली युवाहरूको आकांक्षा र चासोका बारेमा जान्न ठूलो अवसर प्रदान गर्यो । गुणस्तरीय शिक्षा,आत्मनिर्भर कृषि क्षेत्र र गरिबी न्यूनीकरणलाई नेपाली युवाहरूको प्रमुख विकास प्राथमिकताका रूपमा यस सर्वेक्षणले उजागर गरेको छ ।

त्यसैगरी राजनीतिक अस्थिरता, भ्रष्टाचार, रेमिट्यान्समा निर्भर अर्थतन्त्र, गुणस्तरीय रोजगारीको अभाव, कमजोर शिक्षाको स्तर र ब्रेन ड्रेन युवाहरूको प्रमुख चिन्ताका रूपमा चित्रित भएको छ ।

युवा प्रतिभाहरूलाई देशमै रहने वातावरण बनाउनका लागि उद्यमशीलता, शिक्षा, सीप विकास, र कृषि र खाद्य सुरक्षालाई विशेष ध्यान दिनुपर्नेलाई सर्वेक्षणका मार्फत यहाँहरूले प्रस्ट पार्नुभएको छ ।
यसबाहेक, पानीको अभाव र कृषि उपजमा कमीको कारण जलवायु संकटमा तपाईंहरूले चिन्ता व्यक्त गर्नुभएको छ । यी मुद्दाहरूलाई सम्बोधन गर्नका लागि दिगो प्रयास गर्न, फोहोर व्यवस्थापनमा सुधारिएको प्रणाली अपनाउन, र नवीकरणीय ऊर्जामा लगानी गर्न तपाईंले सुझाव दिनुभएको छ ।

यसका अतिरिक्त शिक्षा, स्थानीय रोजगारीका अवसरहरू तथा समावेशी निर्णय प्रक्रियाहरूका माध्यमबाट सामाजिक समावेशिता सुदृढ गर्नुको महत्व समेत यस सर्वेक्षणका मार्फत स्पष्ट पार्नुभएको छ ।

हामीलाई आफ्नो राय सल्लाह दिनुभएकोमा फेरि एक पटक पून: धन्यवाद। नेपालको विकासमा दीर्घकालीन नतिजाहरू ल्याउनका सक्षम विकासका रणनीतिहरू निर्माण गर्न तपाईंका आवाजहरू, सल्लाह र सुझावले हामीलाई मार्गदर्शन गर्नेछन् ।

Last Updated: May 07, 2024

 

 

Email us for any queries: INFONEPAL@WorldBank.org